तिहार र छठ पर्वपछि खुलेको सेयर बजारमा झिनो अंकको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो।

यता, सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ। बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ भने ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ। सोमबार होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा भारी गिरावट आएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशत बढेको छ। लामो समयदेखि अंकित मूल्यभन्दा तल रहेको समाज लघुवित्तको शेयरमूल्य यस दिन ८ प्रतिशत बढेर १०४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array