विश्वकप फाइनल: अष्ट्रेलियाले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८०, आईतवार
1 Min Read
Aa
ADALAJ, INDIA - NOVEMBER 18: India Captain Rohit Sharma and Australia Captain Pat Cummins pose for a photo during the ICC Men's Cricket World Cup Final Captains Photocall at the Adalaj Stepwell in Adalaj on November 18, 2023 in Adalaj, India. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाण्डौ – विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ।

अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गर्ने भएको हो। नेपाली समय अनुसार साढे २ बजे सुरु हुने खेलमा अष्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप उचाल्ने दाउमा छ। भारत तेस्रो पटक जितको खोजिमा छ।

- Advertisement -
Ad imageAd image

घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित छ भने अष्ट्रेलिया पनि पछिल्ला ८ खेलमा हारेको छैन। सुरुमा भारतसँगै हारेको अष्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नै पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो। भारतले न्यजिल्याण्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्