पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते शनिबार झापा जाने भएका छन् ।

बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।

- Advertisement -
Ad image

शाहका संवाद सचिव फणिराज पाठकले आज एक सूचना जारी गर्दै मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जनाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्