माओवादीसँगको एकताबारे ‘फाइनल डिसिजन’ गर्न बाबुरामले बोलाए केन्द्रीय समिति बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेसपाले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको हो । आगामी बैठकमा सत्तारुढ दल माओवादी केन्द्रसँग हुने भनिएको पार्टी एकताबारे केन्द्रीत रहने बताईएको छ ।

माओवादी र नेसपाबीच लामो समयदेखि पार्टी एकताको चर्चा चल्दै आएको छ । ठो सरुपमा कुनैपनि प्रगती भएको छैन । अध्यक्ष भट्टराई तत्काल पार्टी एकताको पक्षमा नरहेको बुझिाएको छ । भने अर्का अध्यक्ष तथा खानेपानी मन्त्री महिन्द्र राय यादव र सहअध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ माओवादीसँग यथासीघ्र एकता गर्नुपर्ने पक्षमा रहको छन् ।

आगामी बैठकले माओवादीसँग पार्टी एकता हुने नहुनेबारे निर्णय हुने एक नेताले बताए । पार्टीको कार्यकारी अध्यक्ष भट्टराई भएपनि गत भाद्रमा माओवादीले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकताका लागि पत्र लेखेको थियो ।

माओवादीको उक्त पत्रले नेसपामा निक्कै हलचल मच्चिएको थियो । असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको उक्त पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

माओवादी र नेसपाले संघीय र प्रादेशीक चुनाव मिलेर लडेका थिए । माओवादीकै चुनाव चिन्ह लिएर सर्लाहीबाट हालका खानेपानीमन्त्री यादव विजयी भएका थिए । भने बागमतीका आन्तरिक मामिलामन्त्री रहेका सहअध्यक्ष श्रेष्ठपनि सिन्धुलीबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array