आजदेखि सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सबै सरकारी कागजातमा आजदेखि नेपाल संवत् उल्लेख गरिने भएको छ। आजबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गरिने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो।

’मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ।

- Advertisement -
Ad imageAd image

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो। त्यही मागलाई सम्बोधन गर्दै सरकारले आजदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्