नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले नेपाल जानकारी दिइन् ।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: