सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको रास्वपा सभापति रवि लामिछानेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भएपनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका हुन् ।

उनले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफुहरु आएको भन्दै कुनै पनि गलत काम गर्नेहरुप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे । यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

त्यस्तै उनले नेपाल सम्वतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

Array