हप्ताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज बिहीबार नेप्से ११.८५ अंकले घटेर बन्द भएको छ । शेयर बजार पछिल्ला ३ दिन लगातार बढे पनि हप्ताको अन्तिम दिन घटेको छ ।

नेप्से परिसूचक घटेर १ हजार ८५२.०८ विन्दुमा झरेको छ । हिजो बुधबार नेप्से ५.१७ अंकले बढेको थियो । बिहीबार ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो ।

- Advertisement -
Ad imageAd image

बिहीबार २८२ धितोपत्रका २८ लाख ३३ हजार ७३१ कित्ता खरिद–बिक्री भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्