जाजरकोटमा पुनः भूकम्पको परकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं – जाजरकोटमा आज विहान पुनः भूकम्पको परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । भूकम्पमा १५३ जनाले ज्यान गुमाई सकेका छन । तीन सय भन्दा बढी घाइतेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array