विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’को नेपालमा पनि बिक्री वितरण सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं – विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’ले नेपालमा पनि बिक्री वितरण सुरु भएको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रा.लिले बुधबारदेखि काफको औपचारिक बिक्री शुरूआत गरेको हो ।

कम्पनीले एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरेको छ । जुन काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार स्टोर सञ्चालनमा ल्याएको हो ।

- Advertisement -
Ad imageAd image

काफका कुकर हुड्स (फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायतका उत्पादन स्टोरमार्फत प्रयोगकर्तालाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

किचन सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेको कम्पनीले जनाएको छ । ‘नेपालमा औपचारिक बिक्री केन्द्रमार्फत पहिलो पटक बिक्री शुरु गरिइएको छ । काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । अन्य कम्पनीका उत्पादनभन्दा काफका उत्पादन सस्तो, हेर्दा राम्रो, गुणस्तरीय र टिकाउ छ,’ कार्यकारी निर्देशक अंकिता राठीले भनिन् ।

काफका उपकरणले प्रयोगकर्ताको अवश्यकता पूरा गर्दै भान्साको सौन्दर्यतालाई बढावा दिने उनले बताइन् । ‘हाम्रा किचन सामग्री गुणस्तरीय, उच्च प्रदर्शन क्षमता, सुविधा र प्राविधिक रूपमा उत्कृष्ट पनि छन्,’ उनले भनिन्, ‘नेपालका प्रयोगकर्तालाई काफका उत्पादनमार्फत सन्तुष्ट सेवा दिन प्रतिबद्ध छौं । प्रयोगकताको सन्तुष्टिलाई हामीले उपलब्धीको रूपमा लिएर अगाडि बढ्ने छौं ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: