लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार बढेको छ । शेयर बजार नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर १ हजार ८६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।

बुधबार बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ८ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज बुधबार कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज बुधबार ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array