जाजरकोटबाट शिर्ष नेतालाई रविको प्रश्न: भूकम्पपिडित जनतालाई चिसो आकाशमुनि सुताएर व्यवस्थाको चिन्ता ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडित जनतालाई चिसो आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठक गरेको आरोप लगाएका छन् । आज बसेको १२ बुँदे सम्झौता गरेका दलहरुबीचको सर्बदलीय बैठकप्रति टिप्पणी गर्दै लामिछानेले सरकारले जुटाइदिएको राहत सामग्री समेत बाड्न नसके र व्यवस्थाको चिन्ता गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्- 

आदरणीय  “सर्वदलीय हेड सर” हरु यता सुन्नुस् है,

आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ । सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल, चामल, दाल समयमै  बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन को ?  तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,ब्यवस्थामा खतरा छैन, भएपनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका  जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए । नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सहि भएन।

प्रतिक्रिया दिनुहोस्

Array