दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १ हजार ८५८ विन्दुमा कायम भएको छ ।

कूल १४४ कम्पनीको मूल्य बढ्दा ८३ कम्पनीको घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ ।

- Advertisement -
Ad image

हिजो सोमबार कूल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज मंगलबार ९९ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्