काठमाडौं – शेयर बजार आज सोमबार दोहोरो अंकले बढेको छ । आईतबार २१ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार २१ दशमलव ३० अंकले बढेर १ हजार ८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।
समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर ४ प्रतिशतले ओरालो लागेको छ ।
सोमबार ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको ६ करोड ४३ लाख र सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ५ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्