कोशी प्रदेश सभा बैठक बस्दै, एमालेले सरकारको समर्थन फिर्ता लेला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – आज दिउँसो १ बजे कोशी प्रदेश सभाको बैठक बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ ।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ।

एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array