कोशी प्रदेश सभा बैठक बस्दै, एमालेले सरकारको समर्थन फिर्ता लेला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – आज दिउँसो १ बजे कोशी प्रदेश सभाको बैठक बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ ।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ।

- Advertisement -
Ad image

एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने तयारीमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्