ह्यारी केनले ह्याट्रिक गरेपछि बायर्न म्युनिखद्वारा डर्टमण्ड ४-० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ । यसै सिजन मात्र इंग्लिस क्लब टोटनहमबाट जर्मन च्याम्पियन बायर्न पुगेका केनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

लगातार १२औं उपाधि जित्ने अभियानमा रहेको बायर्नले सुरुको १० मिनटेभित्रै डर्टमण्डको मैदानमा दुई गोल गरेको थियो । डायोट उपामाचोले चौथो मिनेटमै गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै केनले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी टाइमामा ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

- Advertisement -
Ad imageAd image

केनले बुण्डेसलिगामा गत साता डार्मस्टाड विरुद्धको ह्याट्रिक गरेका थिए र उनको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो ह्याट्रिक हो । केनले लिगमा १० खेलमा १५ गोल गर्दै सानदार सुरुवात गरेका छन् । जितपछि १० खेलबाट २६ अंक जोडेर बायर्न दोस्रो स्थानमा छ र शीर्ष स्थानरको बायर लेभरकुजनलाई पछ्याइरहेको छ । समान खेलबाट लेभरकुजनको २८ अंक छ ।

१० खेलबाट २१ अंक रहेको डर्टमण्ड चौथो स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्