एमालेलाई मुख्यमन्त्री कार्कीको आग्रह ‘पुनः सरकारमा सहभागी हुनुस्, सँगै जाऊँ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) लाई पुनः सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आज (शनिबार) मुख्यमन्त्री निवास विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पुनः सरकारमा सहभागी हुन एमालेलाई आह्वान गरेका हुन् ।

कोशी सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिएको थियो । मुख्यमन्त्री कार्कीले हिजो नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) का १/१ जना मन्त्री नियुक्त गरेका थिए ।

आफूले सहमतिको सरकारलाई स्वरुप दिन माओवादी र नेकपा (एस) लाई सरकारमा सहभागी गराएको उनले बताए । उनले एमालेसँग पहिले भएको सहमति बमोजिम नै सहमतिको सरकारको प्रयास गरेको बताए ।

‘एमालेले नेतृत्व गरेको सरकारको सहमतिको सरकार बनाउने एजेन्डा थियो । त्यही एजेन्डालाई लागू गर्न मैले माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएको हो,’– उनले भने ।

प्रदेशमा मध्यावधि रोक्न एमालेले खेलेको भूमिका आफूले विर्सन नसक्ने पनि उनले बताए । एमालेलाई परिवर्तनकारी शक्तिको संज्ञा दिँदै उनले सहमतिको ढोका बन्द नभएको बताए । प्रदेशमा समृद्धिमा एमालेको साथ रहन्छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array