भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्