रवि लामिछानेद्वारा रिगल प्रकरणमा सर्वाेच्चले गरेको फैसलाको स्वागत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्।

- Advertisement -
Ad image

उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। उनले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने बताए। उनले संसदको चालु अधिवेशनमा जनअपेक्षा अनुरुप संसदले काम गर्न नसकेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्