आममाफी बदर भएपछि रिगल पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – कैद मिनाहा दिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । बाँकेका एसपी सुवास बोहराले रिगललाई पक्राउ गरिएको जानकारी दिए । सर्वोच्च अदालतले बिहीबार ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।

- Advertisement -
Ad imageAd image

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगलको बाँकी कैद माफी गरेपछि असोज ४ गते उनी छुटेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: