प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको बालेनको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहले आफूले हालै बसेको मेयर्स फोरमको बैठक बहिष्कार गर्नुको कारण खुलाएका छन् । उनले १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक बसाएको भएर आफूले उक्त बैठक बहिष्कार गरेको स्पष्ट पारेका छन् ।

सामािजक सञ्जाल फेशबुकमार्फत मेयर शाहले आफूले कसैको पनि अपमान नगरेको जिकिर गरेका छन् । उनले काठमाडौं महानगर बिक्रीमा नभएको पनि टिप्पणी गरेका छन् । उनले नेताहरुले त देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । उनले लेखेका छन्-

१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array