नेप्सेमा निरन्तर गिरावट कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार पनि गिरावट जारी छ । आज बुधबार नेप्से ५.८३ अंकले घटेर १ हजार ८५८ दशमलव ५६ विन्दुमा बन्द भएको छ ।

शेयर बजारमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीकोे शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्