गुटेरेसको भ्रमणको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको प्रधानमन्त्री प्रचण्डको जिकिर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केहि नेताहरुले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको जिकिर गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समूदायको साथ पाइरहेको अवस्थामा नेपालका केहि नेताहरुले शान्ति प्रक्रियाका बिषयमा देशबिभाजित देखाउनु दुर्भाग्य भएको बताएका छन् ।

- Advertisement -
Ad imageAd image

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पर्‍याउन तयार रहेपनि सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा लग्न ढिलाइ गरिरहेको जिकिर गरेका थिए । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको जिकिर गरे ।

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्ने लगाएत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । उनले आफ्नो निमन्त्रणमा आएको गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको जिकिर गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्