८४ को चुनावमा सबै राजनीतिक दललाई पाखा लगाउने रवि लामिछानेको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरुलाई पाखा लगाउने दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरुले जनताका लागि केही गर्न नसक्ने भएकाले उनीहरुलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने उल्लेख गरे।

- Advertisement -
Ad imageAd image

दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा थुना मुक्त गरेर दलहरुले जनताको मतलाई उपहास गरेको उहाले टिप्पणी गरे। उहाले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने गरि आफूहरुले काम गर्ने उल्लेख गरे।

उनले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरु अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको जिकिर गरे। सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्यको सपना देखाएर नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए।

त्यस्तै उनले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्