कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

कूल ९३ सदस्यी प्रदेश सभामा विश्वासको मतका लागि ४७ मत आवश्यक थियो । आजको प्रदेश सभामा कूल ९१ जना सांसद उपस्थित रहेकामा विश्वासको मतको पक्षमा ८६ सांसदले मत दिए भने विपक्षमा ५ सांसदले मत दिए । आम निर्वाचन भएका नौ महिनाको अवधिमा कोशीमा कार्की पाँचौं मुख्यमन्त्री बनेका हुन् ।

- Advertisement -
Ad image

उनी संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्की नेतृत्वको सरकार अल्पमतमा परेको खण्डमा कोशीमा मध्यावधि निर्वाचन हुनेछ ।

विश्वासको मतको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरुले उनलाई विश्वासको मत दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्