कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्। कांग्रेसका कार्की सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका थिए।

- Advertisement -
Ad imageAd image

एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्