इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव (नामसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेका ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। लेल अबिबस्थित नेपाली राजदूतावासले आइतबार साँझ विज्ञप्ति जारी गर्दै ५ वटा शव प्राप्त भएको जनाएको छ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ। सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको राजदूतावासले जनाएको छ।

- Advertisement -
Ad imageAd image

साथै, प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले बताएको छ। ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै, उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्