काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैया र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।
पेट्रोलको नयाँ मूल्य १७२, डिजल र मट्टितेलको १६८ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्