मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८०, शनिबार
0 Min Read
Aa

काठमाण्डौ – मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलले भने, ‘दुर्घटना नै त नभनौँ, माथि लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो।’ उनका अनुसार सो हेलिकप्टर बिरामीको उद्धार गर्न गएको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्