कोशीमा मुख्यमन्त्रीको नियुक्ति भोलि हुने, बिहानैदेखि सांसदहरूको सनाखत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति भोलि शनिबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले सांसदहरूको हस्ताक्षर सनाखत भएपछि मात्रै मुख्यमन्त्रीको नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सबै प्रदेशसभा सदस्यको सनाखत गराउने निर्णय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

सत्तारुढ दलको समर्थनमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

- Advertisement -
Ad image

पढ्नुहोस् विज्ञप्ति –

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्