डेंगु भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पताल भर्ना, राष्ट्रपति पौडेलले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो ।

तर, आज गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा भर्ना गरिएको छ । उनको छातीको एक्स-रे गरिएकोमा रिपोर्ट राम्रो आएको डा. सिलवालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनको उपचारमा निजी चिकित्सक डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।

डा. सिलवालका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले समेत उपराष्ट्रपति यादवको पछिल्लो स्वास्थ्य अवस्थाबारे फोनमार्फत जानकारी लिएका छन् । डा. यादव सुरुदेखि नै सरकारी अस्पतालमा उपचार गराउँदै आएका छन् । यसअघि पनि उनले वीर अस्पतालमा भर्ना भएर आफ्नो उपचार गराएका थिए । अहिले डेंगु संक्रमण पुष्टि भएपछि सिभिलमै बसेर उपचार गराईरहेका छन् । उपराष्ट्रपति यादवले अहिलेको जिम्मेवारीमा आउनुपुर्व पनि अत्यन्तै सरल जीवनशैली अपनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array