इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८०, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्। याेपटक २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्