एमाले सुदूरपश्चिम नेतृत्वमा सहमतिको प्रयास असफल भएपछि मतदान हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। सुदूरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभएपछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो। जसअनुसार आज साँझ ५ बजेदेखि मतदान सुरु हुनेछ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राति ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो।

- Advertisement -
Ad imageAd image

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुनेछ।

गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन्, जसअनुसार अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन् भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन्। मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्