बेदमणी घिमिरे
मोरङ – जिल्लाको सदरमुकाम विराटनगरबाट २५ किलोमीटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित मोरङको ऐतिहासिक रंगेली नगरपालिकामा ईलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा आईतवार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उप-मेयर भुमा पराजुली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृत ओमकार न्यौपाने, सशस्त्र प्रहरी बिओपी रंगेलीका सहायक प्रहरी निरीक्षक समीर अख्तर प्रमुख राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवी, स्थानीय व्यवसायी, रंगेलीमा क्रियाशिल सामाजिक संघ-संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
नेपाल-भारत सीमा क्षेत्रमा जोडिएको रंगेलीमा हुने सीमापार अपराध, चोरी पैठारी नियन्त्रण तथा लागुऔषध नियन्त्रणको लागि नागरिक र प्रहरी मिलेर हातेमालो गर्नुपर्ने अपरिहार्यतामा सहभागीहरूले जोड दिएका थिए भने रंगेली नगरपालिकाका मेयर बगडीयाले समाजमा हुने जुनसुकै अपराध नियन्त्रण गर्नका लागि ईलाका प्रहरी कार्यालयलाई स्थानीय सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा नागरिक, प्रहरी र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्