इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – इजरायलमा १० नेपालीको निधन भएको पुष्टि भएको छ । प्यालेष्टानी इस्लामिक समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका दश नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । आक्रमणमा तीन जना घाइते भएका छन्।

शनिबार हमासले इजरायलमाथि गरेको आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन्। उक्त आक्रमणमा १० जना नेपालीको निधन भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुबैको खट्टामा गम्भीर चोट लागेको छ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन्। भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array