अफगानिस्तानमा शक्तिशाली भूकम्प: १५ जनाको मृत्यु, कैयौँ घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली धक्का महसुस गरिएको जनाएको छ। भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ।

- Advertisement -
Ad imageAd image

अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन्। आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएका छन्।

गएको जुनमा पनि अफगानिस्तानमा गएको भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्