ब्रेन्टफोर्डविरुद्ध म्यानचेष्टर युनाइटेडको सनसनीपूर्ण जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका स्कट म्याकटोमिनेको सानदार प्रर्दशनमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध सनसनीपूर्ण जित निकालेको छ।

शनिबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा इन्ज्युरी समयमा म्याकटोमिनेको दुई गोलमा युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको हो। युनाइटेडले खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै पुनरागमन जित निकोको थियो।

- Advertisement -
Ad imageAd image

खेलको २६ औं मिनेटमा म्याथियास जेन्सेनको गोलमा ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनाएको थियो। जेन्सेनको गोलमा युनाइटेड सन् १९७९ पछि पहिलो पटक घरेलु मैदानमा लगातार तेस्रो हारको नजिक पुगेको थियो।

खेल सकिन ३ मिनेट बाँकी हुँदा म्याकटोमिनेलाई मैदान प्रवेश गराइएको थियो। इन्ज्युरी समयको तेस्रो मिनेटमा म्याकटोमिनेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

इन्ज्युरी समयको सातौं मिनेटमा ह्यारी म्यायुइरको फ्लिपमा क्वीक रियाक्ट गर्दै बललाई सानदार फिनिसिङ दिदै टोलीलाई महत्वपूर्ण जित दिलाए। जितसँगै युनाइटेडले ८ खेलबाट १२ अंक बनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्