रिगललाई दिइएको आममाफीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – गुण्डा नाइके योगराज ढकाल रिगललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश दिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सरकारलाई असोज २४ गते ५ बजेभित्र माफी दिइनुको कारणसहित लिखित जवाफ माग गरेको हो ।

- Advertisement -
Ad imageAd image

गुण्डानाइके रिगललाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगलले हत्या गरेका पीडित चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्