एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथ प्यानलसहित भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको चुनावी प्रक्रिया बिहीबार सुरु हुने भएको छ । निर्वाचन समितिका उम्मेदवारी फिर्ताको समयावधि नै बिहीबार बिहानसम्मको लागि तय गरिएको हो ।

उम्मेदवारी फिर्तापछि बिहीवार दिउसो चुनावी प्रक्रिया सुरु हुने जनाइएको छ । जसअनुसार गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुवै प्यानलसहित नै मैदानमा उत्रिएका छन्। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ।

- Advertisement -
Ad imageAd image

अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी रहेका छन्। शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिएका छन्।

लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर बिकले उम्मेदवारी दिएका छन्।

अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चुनावमा प्यानल नबनाउन निर्देशन दिएका छन् । तर, केन्द्रको निर्देशन विपरित उनीहरु प्यानलसहित चुनावमा होमिएका हुन् । चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्