एमाले कोशी चुनाव: मतदान सकियो, अब केही बेरमा मतगणना हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

विराटनगर – नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। गए राति भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन्। राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो।

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि केही बेरमा मतगणना सुरू गर्ने तयारीमा निर्वाचन समिति रहेकाे छ।

प्रथम  अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ। उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन्। अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन्।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा मैदानमा छन्। २ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ। खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली उपसचिवको उम्मेदवारका रूपमा खडा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array