हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन्। शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आज (आइतबार) सम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो।

प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो। अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।

- Advertisement -
Ad imageAd image

उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए।

शनिबार दिनभर अस्पतालमै बसेका उनलाई आइतबार प्रहरी परिसर टेकु लगिएको थियो। टेकुमा प्रहरीसँगको सोधपुछपछि उनलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको थियो।

उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए।

तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका थिए।

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए। उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्