कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन गगनको प्रस्ताव !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । नुवाकोटको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरको कांग्रेस रुपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका कम्युनिष्ट पार्टीले मोर्चा बनाएकाले साढे दुई वर्ष उक्त मोर्चालाई सरकार चलाउन दिएर कांग्रेसले फ्लोरमा समर्थन गर्नपर्ने उनको भनाई छ ।

सरकारले गरेको काम कारबाहीको सबै दोष पनि कांग्रेसले लिन परेको तर्फ लक्षित गर्दै उनले भने, ‘गठबन्धनको नयाँ कल्चरको बारेमा छलफल गर्नपर्यो हामी कहाँ । अहिले माओवादी, जसपा, समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ । यो दुई अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने कुरा छ । पहिला प्रचण्ड त्यसपछि माधव नेपाल बन्ने भन्ने छ । उहाँहरुको एउटै मोर्चा, पार्टी पनि एउटै बन्ने भन्नु भएको छ । कांग्रेसका मन्त्री सबै फिर्ता बोलाउँ । हामी फ्लोरमा बसेर समर्थन गरौं । । दुई अढाई वर्ष उनीहरुलाई चलाउन दिऊँ । यो दुई अढाई वर्ष मोर्चालाई चलाउन दिउँ । त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउँ । अनि कांग्रेसले जस अपजस लिनसक्छ ।’

- Advertisement -
Ad imageAd image

संघीय सरकारदेखि प्रदेश सरकारसम्म भाग बन्डा र काम कारबाहीका बारेमा प्रश्न उठिरहेको भन्दै उनले आधा अवधि समाजवादी मोर्चामा रहेका दललाई सरकार चलाउन दिएर र आधा अवधि कांग्रेसले सरकार चलाउन उपयुक्त हुने बताएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्