दसैँको मुखमा चर्को मूल्यवृद्धि, साउनयता मात्र ४५० रुपैयाँ महँगियो ग्यास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ – नेपाल आयल निगमले शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्‍यो। निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ। अब पेट्रोलको मूल्य पहिलो वर्ग १८२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा १८४ रुपैयाँ र तेस्रो वर्ग १ सय ८५ प्रतिलिटर पुगेको छ।

निगमले छुट्याएको वर्गअनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल छन्। खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको छ। उपभोक्ताले डिपोदेखि भान्सासम्म ल्याएको ज्यालासमेत तिर्दा २२ सय नाघ्नेछ।

- Advertisement -
Ad imageAd image

ग्यासको मूल्यमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो। जुनकुनै इन्धनमा मूल्यवृद्धि हुँदा त्यसको असर चौतर्फी पर्छ। खाना पकाउने ग्यासमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो। गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ। यो वृद्धि २७ प्रतिशतभन्दा बढी हो।

यसअघि भदौ १४ गते मात्र २ सय ३५ रुपैयाँले ग्यासमा मूल्य बढाइएको थियो । त्यतिन्जेल १ हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर खुद्रा बिक्री हुँदै आएको थियो। ग्यासमा भएको मूल्यवृद्धिले उपभोक्तामा चर्को असन्तोष देखिएको छ। सामाजिक सञ्जालहरुमा पनि यसको विरोध भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्