सुर्खेतमा जिप दुर्घटना: ९ जना घाइते, ४ को अवस्था गम्भीर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका- ४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ। वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका -२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो।

- Advertisement -
Ad imageAd image

घाइते सबैको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्