आगामी निर्वाचनले ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने रास्वपा सभापति रवि लामिछानेको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०८४ सालको आगामी निर्वाचनबाट ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने बताएका छन् ।

शनिबार दाङको घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले अब आउने निर्वाचनमा कि भ्रष्ट सकिने कि रास्वपा सकिने उद्घोष गरे ।

सर्वसाधारणको ठूला दलहरूप्रति वितृष्णाकै कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको उनले बताए । ‘हामी जनताका पक्षमा काम गर्छौं र भ्रष्ट दलहरू एक ठाउँमा रहन सक्ने छैनन् । २०८४ सालको निर्वाचनले कि हामी सकिन्छौं, कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुनेछ ।’

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गर्दै आएको आरोप लगाए । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै उनले आक्रोश पोखे । उनले आफ्नो पार्टीको चिन्ताभन्दा जनताको समस्याबारे चिन्ता लिन र काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array