पाकिस्तानविरुद्ध ह्याट्रिक गर्दै भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो। भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर गोएरीले गरेका थिए।

- Advertisement -
Ad imageAd image

पहिलो गोल ६४ औं मिनेटमा गरेका उनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो। गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए।

यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो। भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्