विद्युतीय मेसिनले विस्थापित भयो खोकनाको परम्परागत तोरी पेल्ने कोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ – ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी पेल्ने परम्परागत कोल विस्तारै लोप हुन थालेका छन्।

यहाँका व्यवसायीले अहिले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गर्न थालेका छन्। नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैन।

- Advertisement -
Ad imageAd image

नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादन वृद्धि गरेका छन्। परम्परागत कोलमा मेहनत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन्।

हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्यास् सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल छन्। अहिले गाबु ज्यास् सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ।
गाबु ज्यास् सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन्नुहुन्छ। ‘मेरो बाल्य अवस्थामा यो मिल २४सैँ घण्टा सञ्चालन हुन्थ्यो। कारणवस यो कोल विसं २०४० देखि बन्द अवस्थामा रहेको थियो’, उनले भने, ‘ऐतिहासिक रूपमा रहेको यो कोल मर्मत गरेर २०६९ मा जिम्मा लिएर सञ्चालन गरेको छु।’

हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रूपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ। मौलिकतालाई बचाउन ललितपुर महनगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ। उनका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई निर्माण हुने तयारीमा छ।

नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ। खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: