एमाले बागमती अधिवेशन: सानु र केशरको उम्मेदवारी फिर्ता, कृष्ण र कैलाशबीच चुनाव हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।

एमाले बागमती प्रदेश इन्चार्ज तथा अधिवेशन अध्यक्षमण्डलका अनुसार अध्यक्ष गुरु बरालका अनुसार सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले केहीबेरअघि उम्मेदवारी फिर्ता लिएका हुन्। बुधबार परेको मनोनयनको उम्मेदवारी फिर्ता लिने समय निर्वाचन समितिले बिहीबार राति ९ बजेसम्मलाई निर्धारण गरेको छ।

- Advertisement -
Ad imageAd image

यसअघि अध्यक्षका अर्का उम्मेदवार बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले पनि मनोनयन फिर्ता लिइसकेका छन्। तीनजना दाबेदार पछि हटेकाले अब बागमती एमालेको नयाँ नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच चुनाव हुने भएको छ।

निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ। बिहीबार उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ र बुढाथोकीले अध्यक्षका लागि ढुंगेललाई सघाउने भएका छन्। उता अर्का नेता पाण्डेले भने कसलाई सघाउने निर्णय गरी नसकेको नेपालखबरलाई बताएका छन्।

बिहीबार दिनभर भएको छलफलका क्रममा केही जिल्लामा सर्वसम्मत रुपमा प्रदेश कमिटीका सदस्यहरुको टुंगो लागेको छ। केही क्लस्टरमा पनि नेताहरु निर्विरोध निर्वाचित भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्