नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल क्रिकेट संघले त्रिकोणात्मक श्रृङ्खला आयोजना गर्ने भएको छ। क्यानको नयाँ कार्यसमितिको मंगलबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय गरेको हो।

आगामी अक्टोबर १७ देखि २६ (३० असोजदेखि ९ कात्तिक) काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको हो। त्यस्तै, क्यानले प्रत्येक प्रदेशहरूमा १÷१ वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामाग्रीको व्यवस्था गर्ने लगायतका विभिन्न १० वटा निर्णय गरेको छ।

- Advertisement -
Ad imageAd image

क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा आग मार्च–अप्रिल २०२४ मा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: