कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउने अनुमान, ‘५ करोड मानिसको मृत्यु हुनसक्छ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa
एजेन्सी - विज्ञहरूले कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउन सक्ने अनुमान गरेका छन् । जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सम्भावित त्यस महामारीलाई डिजिज एक्स नाम दिएको छ ।

बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीले ५ करोड मानिसको ज्यान जान सक्ने बताएकी छन् । डेली मेलको रिपोर्टअनुसार विज्ञहरूले यो महामारी कोभिड–१९ भन्दा ७ गुणा बढी खतरनाक साबित हुनसक्ने र छिट्टै फैलिन सक्ने बताएका छन् ।

बेलायती वैज्ञानिकहरूले डिजिज एक्सको आउनुअघि नै यसविरुद्धको भ्याक्सिन बनाउन थालेका छन् । यसका लागि २५ प्रकारका भाइरसको अध्ययन गरिएको छ । वैज्ञानिकहरूको ध्यान जनावरहरूमा पाइने भाइरसहरूमा केन्द्रित छ । ती भाइरस जुन जनावरबाट मानिसमा सर्न सक्छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्